Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नाे नयाँ भवन बनाउँदै आयल निगम !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १२ २०७७
  • 10.7K
    SHARES

गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीन वटै भवनमा रातो स्टिकर टाँसेको थियो । रातो स्टिकर टाँसिएको पाँच वर्षपछि बल्ल निगमले नयाँ भवन बनाउन तयारी थालेको हो ।

लामो समयको गृहकार्यपछि निगमले बबरमहलमा रहेको तीन पुराना भवन भत्काएर सोही स्थानमा दश तलाको नयाँ कर्पाेरेट भवन बनाउन बोलपत्र आह्वान गरेको छ । नेपालकै आधुनिक र सुविधासम्पन्न भवनमध्येमा सूचीकृत हुने गरी नयाँ भवन बनाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ बन्ने कार्यालय भवनको डिजाइनअनुसार भूमिगत दुई तलाको पार्किङ हुने र जमीनमाथि १० तलाको भवन बनाइने छ ।जमीनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन हुने र छ तलाको टावर हुनेछ । नयाँ बन्ने कार्यालय भवनको कोठा अन्तरराष्ट्रिय मापदण्डअनुसार रहने निगमले जनाएको छ ।

भवनमा लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तरराष्ट्रिय मापदण्डअनुसार रहनेछन् । तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भवन बनाउन रु एक अर्ब ७९ करोड लागत अनुमान गरिएको छ । हालको पुरानो कार्यालय भवन भत्काउन शुरु भएपछि निगमको अस्थायी कार्यालय टेकु कार्यालय रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४