Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिवकुमारको हत्या आरोपमा उनकै काकाका छोरा पक्राउ !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ११ २०७७
  • 3.1K
    SHARES

जनकपुरधाम । चैत ८ गते मृत अवस्थामा भेटिएका सिराहाको मिर्चैया नगरपालिका–७ का शिवकुमार यादवको हत्या आरोपमा उनकै काकाका छोरा पक्राउ परेका छन् ।

२८ वर्षका शिवकुमारको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै काकाका छोरा विष्णु यादवलाई पक्राउ गरेको हो । शिवकुमारको शव चैत ८ गते राति हत्या भएको अवस्थामा मिर्चैया नगरपालिका–१ स्थित एक आँपको बगैंचामा भेटिएको थियो । विष्णुले शिवकुमारको अपहरण गरी फिरौती मागेको र नदिँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

‘विष्णुले आफ्ना सालो इन्द्रदेव यादवसँग मिलेर शिवकुमारको अपहरण गरी हत्या गरेको खुलेको छ’ उनले भने, ‘हत्यामा संलग्न दुबै जना बुधबार पक्राउ परेका छन् ।’

प्रहरीका अनुसार विष्णुले शिवकुमारको परिवारसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती नपाएपछि चैत ८ गते राति हत्या गरी शव कंक्रिटले छोपेर भागेका प्रहरीको भनाइ छ । उनीहरुले शिवकुमारको मोवाइल भने खोलामा फालिदिएका थिए ।

शिवकुमारका दाजु हालै वैदेशिक रोजगारीबाट फर्केको हुनाले रकम असुल गर्ने उद्देश्यले अपहरण गरेको देखिएको डीआईजी सिंहले बताए । ‘वैदेशिक रोजगारीबाट आएपछि माग्ने जति रकम पाउने सोंचका साथ शिवकुमारको अपहरण गरी हत्या गरेको देखिन्छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४