Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेयर बजारमा दोहोरो अंकको गिरावट, अप्पर तामाकोसी र चन्द्रागिरीमा सर्किट लाग्याे


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०७७
  • 6.9K
    SHARES

काठमाडौं । केहि दिनदेखिको वृद्धिपछि सोमबार भने शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार रकम भने औसत नै रह्यो । बजार खुलेसँगै २५ सय ६६ को हाराहारीमा पुगेको इन्डेक्स अन्त्यमा २४ अंकले घटेर २५ सय १४ मा पुगेर थामियो ।

सोमबार होटल तथा पर्यटन १ सय ५ अंकले र जलविद्युत १ सय २ अंकले उकालो लाग्दा अन्य सबै समुहमा गिरावट आयो । यसदिन सबैभन्दा बढी जीवनबीमा ३ सय १६ अंकले ओरालो लाग्दा निर्जीवन बीमा १ सय ८४ अंकले घट्यो ।

उत्पादन समुहमा १ सय २९ अंकको गिरावट आउदा लघुवित्त समुह ९३, अन्य ३०, बैंक २१, व्यापार समुहमा २१ अंकले ओरालो लागेका छन् । सोमबार १ सय ३८ कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ३३ कम्पनीको मात्र बढेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सोमबार अप्पर तामाकोशी र चन्द्रागिरी हिल्समा सर्किट ब्रेक लाग्दा प्रुडेन्सियल इन्स्युरेन्स र सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले बढी गुमाएका छन् । सोमबार २ सय ११ कम्पनीको १ करोड बढी कित्ता शेयर ५ अर्ब ३५ करोड बढीमा कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४