Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनुवाइविना ४० वर्षदेखि भारतको जेलमा रहेका इलामका दुर्गाप्रसाद रिहा, भाेलि नेपाल आउने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 3.5K
    SHARES

काठमाडौं । भारतीय जेलमा सुनुवाइविनै ४० वर्षदेखि रहेका दुर्गाप्रसाद तिम्सिना शनिबार (आज) छुट्नुभएको छ । पश्चिम बंगालको दमदम करेक्सनल सेन्टरमा रहनुभएका उहाँ कोलकाता उच्च अदालतको आदेशबमोजिम छुट्नुभएको हो ।

शारीरिक र मानसिक रूपमा कमजोर उहाँ भोलि नेपाल आइपुग्नुहुनेछ । दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुग्नुभएको थियो । जेलबाट छुट्नेबित्तिकै दुर्गाप्रसादले आफू निर्दोष रहेको बताउनुभयो ।

अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उहाँलाई छाडेको हो । अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो ।

इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा काम खोज्दै दार्जिलिङ पुग्नुभएको थियो । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेपछि उहाँलाई विभिन्न जेलमा सारिएको थियो । सन् १९८२ मा उहाँ अदालती सुनुवाइका लागि मानसिक रूपमा स्वस्थ नभएको जिल्ला अदालत दार्जिलिङले भनेको थियो ।

त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उहाँ ४० वर्षसम्म कारागारमा बस्नु परेको हो । कोलकाताको दमदम कारागारमा दाधेश्याम दास नामक कैदीले उनलाई १० वर्षअघि देखेका थिए । गत जनवरीमा पनि दीपकलाई त्यहीं देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४