Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उच्चस्तरिय वार्ताकै क्रममा चीन र अमेरिकी अधिकारीद्वारा एकअर्काको तीव्र आलोचना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 5.4K
    SHARES

काठमाडौं । अमेरिका र चीनका उच्च अधिकारीहरुले एकअर्काको तीव्र आलोचना गरेका छन् । जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक अमेरिका र चीनबीच भएको वार्तामा दुवै देशका अधिकारी आरोपप्रत्यारोपमा उत्रिएको बीबीसीले जनाएको छ ।

चिनियाँ अधिकारीलेहरुले अमेरिकाले विभिन्न देशहरुलाई चीनमाथि ‘आक्रमण’ गर्न उक्साएको आरोप लगाएका छन् । यस्तै अमेरिकाले चीन पनि सोही रुपमा प्रस्तुत भएको आरोप लगाएसँगै दुवै देशको सम्बन्ध थप तनावपूर्ण अवस्थामा रहेको बताइएको छ । वार्ताका क्रममा अमेरिकाले युगुर मुस्लिममाथि भइरहेको ज्यादतीसहितका विषय उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आरोप–प्रत्यारोपूर्ण वार्तामा अमेरिकाका तर्फबाट विदेश मन्त्री एन्टोनी ब्लिङ्कन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसहितका अधिकारी सहभागी थिए । यस्तै चीनको तर्फबाट शीर्ष परराष्ट्र नीति अधिकारी याङ्ग जिएची र विदेश मन्त्री वाङ्ग यी सहभागी रहेको बताइएको छ ।

वार्तामा तिक्तता बढेको खबर आएपनि अमेरिकी अधिकारीले बन्द कोठामा झण्डै दुई घण्टासम्म भएको वार्ता फलदायी उन्मुख भएको दावी गरेका छन् । गोप्य वार्ता पहिले अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले चीनले शिन्जियाङ्ग, हङकङ तथा ताइवानमा गरिरहेको व्यवहार, अमेरिकामा गरिरहेको साइबर आक्रमण तथा आर्थिक रुपमा भइरहेको बल प्रयोगमा चासो रहेको बताएका थिए।

यसले विश्व समुदायलाई नै गम्भीर चेतावनी दिएको उनले भनेका थिए । जवाफमा चिनियाँ प्रतिनिधि याङ्गले अमेरिकाले आफ्नो सैन्य तथा आर्थिक शक्ति अरु देशहरुलाई दबाउन प्रयोग गरेको आरोप लगाए । अमेरिकामा मानवअधिकारको अवस्था अति नै न्यून अवस्थामा रहेको र अश्वेतमाथि निकृष्ठ व्यवहार भएको उनले आरोप लगाए । अमेरिका र चीनका अधिकारीबीच गत जुनयता पहिलोपटक उच्च तहको वार्ता भएको हो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४