Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एन्फाको आयोजनामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०७७
  • 6.9K
    SHARES

काठमाडौं, / अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । दशरथ रंगशालामा हुने प्रतियोगिता चैत १० देखि १६ गतेसम्म हुनेछ ।चैत १० गते सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् ।एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ ।किर्गिस्तानको २३ वर्ष मुनिको टिम हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगितामा कुल ४ खेल हुनेछ ।

फिफा विश्वकप छनौटका खेलहरु स्थगित भएपछि एन्फाले खालि रहेको समयमा यो प्रतियोगिता गर्न लागेको हो ।प्रतियोगिताका लागि बंगलादेश र किर्गिस्तान चैत ८ गते नेपाल आइपुग्नेछन ।उनीहरुको नेपाल आएर कोरोना परिक्षण हुनेछ । त्यसपछि मात्र प्रशिक्षणमा सहभागि हुन पाउने छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४