यसअघि एमाले र माओवादी केन्द्र एकै हुँदा उहाँले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ राख्नु भएको थियो । तर सार्वाेच्च अदालले एमाले र माओवादी केन्द्रको एकतालाई बदर गरिदिएकाले नेता गौतमले आफ्नो एकता अभियानको नाम पनि परिवर्तन गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि पार्टी विभाजनको संघारमा थियो । त्यसयता देखि नै नेता गौतमले कुनै पक्षमा नलागि एकता अभियानमा लाग्नु भएको थियो ।
उहाँ अझै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष मिलेर वाम एकता जोगाउनु पर्ने बताउदै आउनु भएको छ ।
पार्टी एकता अभियानको नाम परिवर्तन कार्यक्रममा बोल्दै नेता गौतमले आफ्नो अभियानको लक्ष्य माओवादी सहितको सरकार बनाउनु रहेको बताउनु भयो ।
आफू एमालेमा रहेपनि माओवादी केन्द्रसहितको सरकार हुनुपर्छ भन्ने पक्षको रहेकाे उहाँले बताउनु भयाे । त्यसका लागि अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलका लागि बोलाएर पुन: सहमति जुटाउनु पर्ने धारणा राख्नुभयो । एमाले र माओवादी केन्द्रबीच अझै पार्टी एकता सम्भव भएको उहाँको भनाइ थियो ।