Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जागरण मिडियाद्धारा नवनिर्वाचित कार्यसमितिलाई सम्मान


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 5.1K
    SHARES

बुटवल, / जागरण मिडिया सेन्टर र रेडियो जागरण बुटवलले राष्ट्रिय दलित पत्रकार संघ, नेपाल र शान्ति समाजका नवनिर्वाचित नेतृत्वलाई सोमबार बुटवलमा सम्मान गरेको छ ।

बुटवलमा सम्पन्न भएको प्रथम अधिवेशनले रेडियोका अध्यक्ष तथा सेन्टरका सल्लाहाकार विनोद पहाडीको नेतृत्वमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालको ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

नवनिर्वाचित अध्यक्ष पहाडी नेतृत्वको पदाधिकारी र केन्द्रीय सदस्य, मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनाल, विद्यावारिधि गरेका बुटवलका बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईलाई संस्थाका अध्यक्ष संविधानसभा सदस्य कमला विश्वकर्माले खादा र टिकाले सम्मान गर्नुभएको हो ।

यसैगरि राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोपाल बराईली, उपाध्यक्ष मिलन परियार, उपाध्यक्ष विनोद परियार, महासचिव लक्ष्मण दर्नाल, सचिव रीता बुढाथोकी, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य सञ्जय सौगात र प्रेम सुनारलाई सम्मान गरिएको हो । यस्तै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाललाई सम्मान गरिएको छ ।

उक्त अवसरमा बोल्दै संविधानसभा सदस्य समेत रहेका सेन्टरका अध्यक्ष विश्वकर्माले शूभकामना दिदै सामाजिक न्यायको मुद्धालाई मूलधारमा ल्याउनुपर्नेमा जोड दिइन ।

उनले राष्ट्रिय दलित पत्रकार संघको नवनिर्वाचित कार्यसमितिले पत्रकारिताको दीगो विकास, दलित समुदायको मुद्धालाई स्थापित गराउने गरि कलम चलाउन आग्रह गरिन ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले सामाजिक न्याय र समानताका पक्षमा जागरणले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले संस्थाले आफूलाई सम्मान गरेर मानवअधिकारको पक्षमा अझ बढि काम गर्ने कार्यभार सुम्पेको बताए ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोपाल बराईली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्य, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनीका अध्यक्ष चिन्ता परियारले बोल्दै जागरणको भूमिका अतुलनीय रहेको बताए ।

कार्यक्रम जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता, जागरण मिडिया सेन्टरका केन्द्रीय सदस्य जगलाल नेपालीको सञ्चालन तथा रेडियो जागरणका सञ्चालक समिति सदस्य सरोज गौतमको स्वागतमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४