Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेम प्रस्ताव राखेर अंकमाल गरेका दुई विद्यार्थी विश्वविद्यालयबाट निष्कासित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 8.6K
    SHARES

एजेन्सी । पाकिस्तानको एक विश्वविद्यालयले प्रेमप्रस्ताव राख्दै अंकमाल गरेका छात्र र छात्रालाई निस्कासित गरेको छ ।

लाहोर विश्वविद्यालयको शुक्रबार बसेको विशेष अनुशासन समितिको बैठकले प्रेमी छात्र र छात्रालाई निष्कासित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ । अनुशासन समितिले उनीहरूलाई विश्वविद्यालयको परिसरमा आउन समेत प्रतिबन्ध लगाएको छ ।

विद्यार्थीहरूले गलत व्यवहार गर्दै नियम उल्लंघन गरेको विश्वविद्यालयको आरोप छ । निष्कासित गर्नुअघि उनीहरूलाई अनुशासन समितिको शुक्रबारको बैठकमा बोलाइएको थियो । तर, उनीहरू उक्त बैठकमा अनुपस्थित थिए ।

सामाजिक सञ्जालम विद्यार्थीले प्रेम प्रस्ताव राखेको र अंकमाल गरेको भिडियो भाइरल भएपछि विश्वविद्यालयले उनीहरूलाई कारबाही गरेको हो । भिडियोमा एक युवतीले युवकलाई सबैको अगाडि गुलाबको फूलसहित प्रेमप्रस्ताव राख्छिन् ।

युवकले प्रेम प्रस्ताव स्वीकार गर्दै युवतीलाई अंकमाल गर्छन् । उनीहरूको यो गतिविधि छेउमा रहेका विद्यार्थीहरूले कैद गर्दै सामाजिक सञ्जालमा राखिदिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४