Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ को बैठक स्थगित, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल अन्योल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 3.1K
    SHARES

विराटनगर,/प्रदेश १ को प्रदेश सभाको बैठक अनिश्चतकालका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न सोमबार दिउँसो १२ बजेका लागि बोलाईएको बैठक सभामुख प्रदिप कुमार भण्डारीले सूचना टाँस गरेर स्थगित गर्नुभएको हो ।

सर्वाेच्चको फैसलापछि नेकपाको तत्कालिन दाहाल नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावमाथिको छलफल अन्योलमा परेको छ ।

यसअघि पनि मुख्यमन्त्री राई पक्षले नै आफूविरूद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश सभा अवरुद्ध गर्दै आएको थियो ।

फागुन २० का लागि तय भएको प्रदेशसभा बैठक सूचना टाँस गरेर आजका लागि तोकिएको थियो ।

बैठक अबरुद्ध तथा स्थगित हुँदा माघ ७ मा सुरू भएको हिउँदे अधिवेशन अहिलेसम्म राम्ररी चल्नै पाएको छैन ।

सर्वोच्च अदालतले नेकपाको एकता भंग गरि माओवादी केन्द्र र एमाले व्यूंत्याइदिए प्रदेश विवाद नयाँ ढंगबाट अघि बढेको छ । प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् ।

जसमा एमालेको ५१, कांग्रेसको २१, माओवादी केन्द्रको १६ र जनता समाजवादी पार्टीका तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एक जना सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४