Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाहाल, नेपाल र देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्ने कानुन ल्याउन रोके– उपप्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 5.4K
    SHARES

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको आरोप लगाउनुभएको छ ।

अखिल नेपाल महिला संघले शनिबार काठमाडौंमा गरेको महिला अगुवाहरूको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले महिला अधिकारको कुरा गर्ने ,कम्युनिष्ट हुँ भन्ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिनेहरू महिला अधिकार विरुद्धमा उत्रिएको दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले महिला हिंसा र बलात्कारको विरुद्धमा अपराधीहरूलाई दण्डित गर्न तथा एसिड आक्रमणका दोषीलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश प्रतिनिधिसभामा पेश गर्न नदिनेलाई घृणापूर्वक अस्वीकार गर्न आग्रह गर्नुभयो ।

मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउनका लागि अनेकन खेलहरू भइरहेको भन्दै त्यस विरुद्ध खबरदारी गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले महिला हिंसाका दोषीलाई कारबाही गर्न ल्याएको अध्यादेश पेश गर्न नदिएको दाबी गरे पनि फागुन २३ गतेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश संविधानको व्यवस्था विपरित ल्याएको भन्दै विरोध गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४