शुक्रबार एमालेका वरिष्ठ नेता माधव नेपाल र उनी निकटका नेताहरुको जिम्मेवारी खोसेर प्रधानमन्त्री समेत रहनुभएका ओलीले विभिन्न पदहरुमा अाफू निकटका नेताहरुलाई मनोनयन गर्नुभएको थियाे । त्यसको एक दिन पनि नबित्दै माधव नेपाल पक्षका प्रभावशाली नेता भीम रावल भने शनिबार एक बिहानै बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरिक हुनु भएको हाे ।
उहाँ बिहान पेरिसडाँडामा भएको नेकपा माओवादी केन्द्रको बैठकमा ९:३० बजे प्रवेश गरेको स्रोतले बताएको छ । जबकि माओवादीको बैठक ९ बजेबाटै सुरु भइसकेको थियो ।
त्यहाँ नेता रावलले ३० मिनेट छलफल गरेको खुलेको छ । तर माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा के-के विषयमा कुराकानी भयो भन्नेबार खुलेको छैन । पेरिसडाँडाबाट बाहिरिँदै गर्दा रावलले संचारकर्मीहरुलाई कुनै प्रतिकृया दिन नचाहेको पनि बताइएको छ ।
पेरिसडाडाँबाट बाहिरिएपछि नेता रावल सिधै नयाँबानेश्वरको अर्याल होटलतर्फ लाग्नुभएको छ । त्यहाँ (एमाले) वरिष्ठ नेता माधव नेपाल समुहको स्थायी समिति बैठक बोलाइएको छ ।