Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेनालाई स्वार्थका लागि अनावश्यक विवादमा तान्ने गरिएको छ : प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 3.3K
    SHARES

काठमाडौं, / प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थका लागि समय-समयमा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने गरिएको बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासप्रति सजग र सर्तक रहन आग्रह गर्नुभयो ।

सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिक रुपमा सही प्रयोग भईरहेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो ।

विशेष गरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाई छ ।

राष्ट्रिय र प्राकृतिक विपतको समयमा नेपाली सेनाले नै अग्र भागमा बसेर काम गर्ने गरेको उल्लेख गर्दे उहाँले स्ुरक्षा,सेवा र निर्माण सम्बन्धी कामलाई समुचित र व्यवस्थित ढंगले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने बताउनुभयो ।

नेपाली सेनाको राष्ट्र निर्माण, सुरक्षा र प्रतिरक्षामा महत्वपुर्ण योगदान र गौरवपुर्ण इतिहास रहेको तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि ख्याति कमाएको भन्दै उहाँले नेपाली सेनाको प्रसंम्सा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपुर्ण राजनीतिको मुलधारमा फर्काएकाले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएकाले नेपाल राष्ट्रिय एकताको शान्तिपुर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४