Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माग पूरा भए सत्ता सहकार्यको कुरा पनि हुन्छ– राजेन्द्र महतो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 7.8K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा भएमा सत्ता सहकार्यको कुरा हुने बताउनुभयो ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ नेता महतोले आफ्ना मागहरू पूरा नभए सरकारमा नजाने स्पस्ट पानुभएको छ । महतोले भन्नुभयो, ‘रेशम चौधरीको रिहाइ, संविधान संशोधन, मधेश र थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिता गर्ने लगायतका माग पूरा भएपछि मात्र सत्ता साझेदारीको कुरा हुन्छ ।’

ओली सरकारलाई आफूहरूले पहिले नै समर्थन गरेर हेरिसकेको स्मरण गर्दै महतोले आफूहरू ओलीलाइर्ए समर्थन गर्न मात्रै जन्मिएको हो भन्दै प्रश्न गर्नुभयो । आफूहरू सरकारलाई सित्तैमा समर्थन नगर्ने बताउँदै मागहरूको उचित सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । मागहरू पूरा गर्नेहरूप्रति आफूहरूको सहानुभूति हुने उहाँको भनाइ छ ।

ओली सरकारले काम नगरेर कुरामा मात्र जोड दिएको आरोप लगाउँदै महतोले कुराकानी र वार्ताको लागि कार्यदल बनेको बताउनुभयो । आफूहरू पटक–पटक ठगिएको गुनासो गर्दै उहाँले माग सम्बोधनको कुराकानीका लागि वार्ता कार्यदल बनाएको स्पस्ट पार्नुभयो ।

ओली नेतृत्वको सरकारमा जाने र नजाने सन्दर्भमा पार्टीमा दुई मत देखिएको सञ्चारकर्मीको प्रश्नमा उहाँले सञ्चारकर्मीले आफ्नो पार्टीमा दुई मत बनाइदिएको आरोप लगाउनुभयो ।

पछिल्लो समय माओवादी केन्द्र र एमालेसँगको सत्ता सहकार्यमा जसपा निर्णायक बनेको छ । नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा जसपाको मात्र समर्थन रहेमा पनि एमालेले ‘कम्फर्टेबल’ तरिकाले सरकारमा रहिरहन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४