Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्री बादललाई एमालेको उपाध्यक्ष बनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 3.6K
    SHARES

एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र उक्त पदमा गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउन लागिएको हो ।

सर्वाेच्च अदालतले एमाले र माओवादी पूर्ववत् रुपमै रहेको फैसला गरेलगत्तै गृहमन्त्रीसँग बादलनिकट नेताहरुसँग छलफल गरेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने तयारी गरेको जनाइएको छ ।

फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि गृहमन्त्री बादलसँगको भेटघाटमा प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो । भेटमा दुई बीचमा गहन कुराकानी भएको र गृहमन्त्री बादलले आफू माओवादीतिर नभई ओलीको सिद्धान्त, विचारलाई साथ दिने बताएका थिए ।

यसरी गृहमन्त्री बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायतका माओवादी नेताहरु एमालेमै मिसिने भएको जनाइएको छ ।

हाल एमालेमा वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्ष रहेका छन्। हाल बादलसहितका नेताहरूको व्यवस्थापनबारे अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको जनाइएको छ।

छलफलमा प्रधानमन्त्री ओलीसहित एमालेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४