Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धर्म निरपेक्षताको नाममा हिन्दुधर्म समाप्त पार्ने खेल भयो अध्यक्ष थापा :


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २४ २०७४
  • 13.9K
    SHARES

राप्रपाका अध्यक्ष: कमल थापाले नेपालको कुनै पनि आन्दोलनको एजेण्डा धर्म परिवर्तन नभएको बताएका छन् ।

महोत्तरीको भंगहा नगरपालिका–७ मेघरौलमा शनिबार आयोजित श्री श्री १०८ श्री महावीर झण्डा मेलालाई उद्घाटन गर्दै उनले पश्चिमी मुलुका दलालहरुको इशारामा केही व्यक्ति र दलले निहित स्वार्थका लागि नेपालको हिन्दु धर्ममाथि प्रहार गरेको उल्लेख गरे ।

उनले २०६२/६३ को आन्दोलन पछि  नेपाली जनताले अपेक्षा नै नगरेको कुरालाई केही दल र नेताले धर्म निरपेक्षताको नाममा हिन्दु धर्म समाप्त पार्ने खेल खेलिरहेको आरोप लगाए ।

अध्यक्ष थापाले हिन्दु धर्मको विरुद्वमा विभिन्न भ्रमहरु फैलाउँदै पैसा, पहुँच र विभिन्न लोभ लालचमा पारेर धर्म परिवर्तन गराउने काम भैरहेको हुंँदा त्यसबाट सम्पूर्ण हिन्दु धर्मावालम्बी एक जुट भई सचेत हुनुपर्ने बताए । उनले हिन्दु सनातन धर्म परिवर्तन गर्दैमा आर्थिक उन्नती हुन्छ, भन्ने भ्रम फैलाइएको हुँदा  त्यसको पछि नलाग्न आग्रह पनि गरे ।

झण्डा मेला आयोजक समितिका अध्यक्ष विष्णु देवसिंहको अध्यक्षतामा भएको कार्यक्रममा भंगहा नगरपालिकाका विभिन्न संघ संस्थाका, राजनितिक दलका प्रतिनिधि र स्थानीयबासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४