Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक अन्तर्वार्ता प्रसारणको ८२ करोड लिने यी अमेरिकी पत्रकार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 4.9K
    SHARES

एजेन्सी । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले एक टेलिभिजन अन्तर्वार्ता अहिले विश्वभर चर्चित छ । अन्तर्वार्तालाई अमेरिकाको टेलिभिजन च्यानल सीबीसीले प्रसारण गरेको थियो ।

अन्तर्वार्तामा ह्यारी र मेगनले शाही परिवारको विषयमा महत्वपूर्ण खुलासा गरेका थिए । यो अन्तर्वार्ताको विश्वभर चर्चा भइरहेको सन्दर्भमा टेलिभिजन च्यानलले यो अन्तर्वार्ताको लागि होस्ट ओपरा विनफ्रेलाई ८२ करोड रुपैयाँ दिएको खुलासा भएको छ ।

एक दैनिक पत्रिकाको रिपोर्टअनुसार सीबीसी च्यानलले ह्यारी र मेगनको अन्तर्वार्ताको लागि ८० देखि ९० करोड रुपैयाँ तिरेको हो । यद्यपि ह्यारी र मेगनले भने अन्तर्वाार्ताको लागि ओपरा विनफ्रेसँग कुनै पनि रकम लिएका थिएनन् ।

एक अन्तर्वार्ता प्रसारणको ८२ करोड लिने यी अमेरिकी पत्रकार

६७ वर्षीया ओपरा विनफ्रे टक शो, टेलिभिजन प्रोड्युसर, अभिनेत्री एवं लेखिका पनि हुन् । उनले अनेक परोपकारी कामहरुपनि गर्नुभएको छ । एक गरिव परिवारमा जन्मिएकी विनफ्रे अहिले १९ हजार ७ सय करोड रुपैयाँभन्दा बढीकी मालिक छन् ।

विनफ्रेले ह्यारी र मेगनसँग करिब २ घण्टाको अन्तर्वार्ता लिनुभएको थियो । उनीहरुको अन्तर्वार्ता अमेरिकी समयअनुसार आइतबार राति ८ बजे प्रसारण भएको थियो । सीबीसी च्यानले अमेरिकाको सबैभन्दा धेरै हेरिने च्यानल हो । उक्त टेलिभिजनको अनलाइन दर्शकको संख्या पनि अत्यधिक धेरै रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४