Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोदी र योसीहिदेबीच टेलिफोन वार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 15K
    SHARES

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री सुगा योसीहिदेबीच चीनको पछिल्लो कदमका विषयमा छलफल भएको छ ।

मंगलबार दुई देशका प्रधानमन्त्रीबीच करीब ४० मिनेट भएको टेलिफोन वार्तामा हङकङ र चीनमा रहेका उइगुर मुसलमानको वर्तमान अवस्था लगायतका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानी प्रधानमन्त्री योसीहिदेले पूर्वी र दक्षिणी चीन सागरमा चीनको विस्तारवादी रवैयाप्रति पनि चासो व्यक्त गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री योसीहिदेले दुई पक्षीय सहयोग बढाउनुका साथै क्वाड फ्रेमवर्कमार्फत हिन्द प्रशान्त क्षेत्रमा सहयोगलाई अघि बढाउने विषयमा पनि कुरकानी भएको बताइएको छ ।

पछिल्ला केही वर्षहरुमा भारत र जापानबीचको विशेष रणनीतिक र विश्वव्यापी साझेदारीमा सकारात्मक गतिप्रतिपनि सन्तुष्टि व्यक्त गरेको पनि विज्ञप्तीमा जनाइएको छ । साथै उच्च गतिको रेल परियोजनाको प्रगति र दक्ष श्रमिकहरूको सहयोग सम्बन्धी ज्ञापन पत्रमा हस्ताक्षर गरिएको पनि स्वागत गरिएको छ ।

जापानी प्रधानमन्त्री योसीहिदे र भारतीय प्रधानमन्त्री मोदीले क्षेत्रीय स्थितिको बारेमा आफ्नो धारणा आदानप्रदान भएको जनाइएको छ । साथै सन् २०२२ मा दुई देशको कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठलाई भव्यताका साथ मनाउने पनि जोड दिइएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४