Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाको बैठक आज बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुर्नस्थापना गरिदिएको संसदको दोस्रो बैठक आज बस्न लागेको हो ।

यसअघि गत आइतबार बसेको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को अवरोधले स्थगित भएको थियो ।

सो बैठकलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले बहिष्कार गरेका थिए ।

नेकपाको नाम सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलासँगै एकता औपचारिक रुपमा भंग भएपछि नेकपाका सांसदहरु आज पूर्ववत एमाले र माओवादी केन्द्रका रुपमा सदनमा जाने छन् ।

आजको बैठकमा पनि गत आइतवारका लागि तय गरिएको कार्यसूचीले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४