Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘निरिह’ नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २५ २०७७
  • 14.7K
    SHARES

काठमाडौं । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगैं साविक नेकपाको दाहाल नेपाल समूहले तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा आफ्नो कार्यालयका रुपमा प्रयोग गर्यो ।

एमालेकै माधवकुमार नेपालतिरका नेताहरु तत्कालीन एमाले पार्टी कार्यालय धुम्बाराही फर्किएर पनि गएनन् । पुस ९ मा माधवकुमार नेपाल नेकपाको दाहाल नेपाल समूहको अध्यक्ष बनेसँगैं पेरिसडाँडामा लगभग सबैजसो कमिटिका बैठक बसे ।

कार्यालयबाहिर दुवैतिरका नेता कार्यकर्ताको भीड लाग्न थाल्यो । २०७५ जेठ ३ मा एमले र माओवादी केन्द्र एक भएपछि सुनसान बनेको पेरिसडाँडामा पुस ५ यता रौनक थियो, सोमबार भने सन्नाटा ।

दाहाल नेपाल समूहको स्थायी कमिटिी सदस्यहरुको अनौपचरिक बैठकमा सहभागी हुन गएका पूर्वएमालेतर्फका स्थायी कमिटी सदस्यहरु आफ्नो भनाई राख्दै फुत्तफुत्त निस्किइरहेका थिए ।

अदालतको फैसलापछि एमाले नै आफ्नो पार्टी हो भन्ने मानसिकता रहेका नेताहरुलाई उक्त बैठक त्यति रुचिकर नहुनु स्वभाविक पनि हो ।

साँझ बैठक सकिने बेलासम्म बसेका नेपालसँग उनका टिमका थोरै मात्रे स्थायी कमिटी सदस्य बाँकी थिए ।

माओवादी केन्द्र र एमाले पूर्ववत् अवस्थामै रहेको अदालतको फैसलासँगै आफूसँग रहेका ४० सांसद र ९० जना केन्द्रीय सदस्यहरुमध्ये सबै जना आफैसँग नरहन सक्छन् भन्ने आँकलनले नै नेता नेपाल अदालतको फैसला सम्मान गर्नुपर्छ भन्ने निचोडमा पुगे । त्यसैले उनी आफ्नो पक्षको स्थायी कमिटी बैठकमा अन्तिमसम्म बसेर फर्किए ।

सोमबार बिहानै उनले यो स्थायी कमिटी बैठकको कुनै कानुनी वैधता नभए पनि राजनीतिक अर्थमा मात्रै बस्न सकिने बताएका थिए ।

बैठकमा नेपालले आफूहरु प्राविधिक रुपमा मात्रै टाढा रहेको र पार्टी एकताका लागि फेरि पनि प्रयास गर्ने बताएका थिए ।

वाम गठबन्धनको वाम एकतासम्म महत्वपूर्ण भूमिका खेलेका नेपालले ओलीले त्यतिखेरसम्म भाउ दिएका थिए, जुन दिन वाम एकता भएर ओली सरकार दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बन्यो ।

त्यसपछि ओलीले नेपालकै प्रस्तावमा आफू सर्वम्मत रुपमा पार्टी संसदीय दलको नेता बन्दै त्यही आधारमा प्रधानमन्त्री बनेको बिर्सिए ।

२०७५ जेठ ३ गते पुष्पकमल दाहालको माओवादी केन्द्रसँग एकीकरण भएपछि दाहाल र ओलीको बीचमा सम्बन्ध प्रगाढ बन्दै गयो, नेपालले बिस्तारै साइड लगाउन थालियो ।

ओलीको पेलान नेपाल समूहलाई अत्यधिक हुन थाल्यो, ओलीको गुटकेन्द्रित निर्णयमा नोपलले असहमति दर्ज गर्दै अघि बढ्दै गए ।

२०५० देखि २०६५ सम्म एमालेको नेतृत्वमा रहँदा नेपाल जसरी ओलीमाथि हावी हुँदै गएका थिए, ओलीले त्यसको बदला २०७१ मा एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष चुनिएकासँगैं लिन थाले । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४