Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाहाल–नेपाल समूहको विदाई बैठक: फेरि एकताको पहल गर्ने निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 3.5K
    SHARES

काठमाडौं । तत्कालीन नेकपा दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले अब एमाले र माओवादी केन्द्रको रूपमा अलग–अलग पार्टीमा जाने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको फैसलाको भोलिपल्ट सोमबार माओवादी मूख्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको अन्तिम बैठकले अब आ–आफ्नो बाटोमा लाग्ने निर्णय गरेको हो ।

बैठकपछि ईमेज टेलिभिजनसँग कुरा गर्दै समूहका नेता गोकर्ण विष्टले आ–आफ्ना पार्टीमा जाने निर्णय भएको भन्दै आफू पूर्ववत् रूपमा एमालेको निर्वाचित सचिवको रूपमा क्रियाशील हुने बताउनुभयो ।

दाहाल–नेपाल समूहका नेताहरूले आजको बैठकलाई विदाई बैठक समेत भनेका छन् । बैठकमा बोल्ने सदस्यहरुले आ–आफना पार्टीमा गएर पुनः एकताका लागि पहल गर्नुपर्ने सुझाव समेत दिएका थिए ।

माधवकुमार नेपाल पक्षको बैठकले नेकपा एमालेमा फर्कने निर्णय गरेको थियो । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको बैठकले एमाले पार्टीमै फर्कने र अध्यक्ष केपी ओली प्रवृत्ति विरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको हो ।

छलफलमा १३ जना स्थायी समिति सदस्य सहभागी थिए । सर्वोच्च अदालतले ओली–दाहाल नेतृत्वको नेकपालाई अवैध ठहर गर्दै उक्त नाम ऋषि कट्टेल नेतृत्वको पार्टीलाई दिने फैसला गर्दै एमाले र माओवादी केन्द्र पूर्ववत् कायम हुने आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४