Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयात प्रतिस्थापनका लागि स्वदेशी उत्पादन बढाउन प्रधानमन्त्री ओलीको जोड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 4.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयात प्रतिस्थापनका लागि स्वदेशी उत्पादन बढाउन आग्रह गर्नुभएको छ । स्वदेशी उत्पादन नहुँदा आयातका लागि बाध्य हुनुपरेको भन्दै स्वदेशी उत्पादन बढाउने अभियानमा सरकारको पूर्ण साथ रहेको उहाँको भनाइ छ ।

‘हाम्रो सामान हाम्रो स्वाभिमान’ नारासहित स्वदेशी उत्पादन र प्रयोगमा जोड दिँदै नेपाल उद्योग परिसंघको मेक इन नेपाल अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा कच्चा पदार्थ र अत्यावश्यक बाहेकका अन्य वस्तु आयात नगर्ने स्थितिमा पुग्न उहाँले आग्रह पनि गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल औद्योगिकरणमा अघि बढेकाले सरकारले आन्तरिक लगानी प्रवद्र्धनमा सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले स्वदेशी उत्पादन र प्रयोगलाई बढावा दिँदै रोजगारी सिर्जना र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पनि सहयोग गर्ने बताउनुभयो । अभियानले आर्थिक गतिविधि बढाउँदै आवश्यकतालाई अवसरमा परिणत उहाँको दावी छ ।

नेपाल उद्योग परिसंघले सुरु गरेको मेक इन नेपाल अभियानले देशैभरी रोजगारी सिर्जना र स्वदेशी वस्तुको प्रवद्र्धनमा सहयोग गर्ने परिसंघको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४