Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउडा प्रतियोगिता गरेर नारी दिवस मनाउँदै छायानाथ नगरपालिका


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 6.7K
    SHARES

मुगु/ मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले यस वर्षको नारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागेको छ । सदरमुकाम गमगढी बजारमा विभिन्न साँस्कृतिक झल्कने गरी स्थानीय देउडा खेल खेलाई दिवस मनाउन लागेको हो ।

महिलाको सुरक्षा समान र रोजगार, समृद्ध नेपालको आधार भन्ने मूल नारासहित यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मुगुमा पनि मनाउन लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रि प्रसाद शर्मा वाग्लेका अनुसार देउडा खेल प्रतियोगिता मनाउन लागिएको छ ।

यसका लागि नगरपालिका र जिल्लामा सञ्चालित गैरसरकारी संस्था आई.एन.एफ मुगु र जि.एस.एस मुगुलगायत अन्य संघ संस्थाको आर्थिक सहयोग तथा जिल्ला समन्वय समति मुगुको समन्वयमा देउडा खेल प्रतियोगिता गरेर नारी दिवस मनाउन लागिएको उनले बताए ।

प्रतियोगितामा नगरपालिका भित्र रहेको १४ वटै वडाहरुले सहभागिता जनाउने उनले बताएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनासम्मको स्थान ओगट्ने प्रतिस्पर्धीलाई पुरस्कार तथा प्रमाणपत्र दिइने प्रमुख प्रशासकीय अधिकृत वाग्लेले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् १९०९–१९६६ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी भएको हो । सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिए पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन ।

फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखि मात्र हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो । संसारका विभिन्न देशले ५० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा २०१६ मा प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमित रूपमा यो दिवस मनाउन थालिएको हो ।

नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिन संयुक्त राष्ट्रसंघबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाइन थालेपछि मात्र रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्विट्जरल्यान्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको थियो ।

नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै २००७ देखि नै प्राप्त भएको हो । भारतले भने त्यहाँको अधिवेशनमा एक प्रस्ताव पारित गरी भारतीय राष्ट्रिय कंग्रेसले नारीलाई मत दिने अधिकार दिन माग गरेकामा त्यसबेला त्यो मागलाई घरेलु समस्या भनी पन्छाइयो । पछि सन् १९२० देखि १९२९को बीचमा विभिन्न प्रस्ताव पारित गर्दै अन्त्यमा नारीलाई मत दिने अधिकार दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४