Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 3.3K
    SHARES

काठमाडौं,/ प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ ।
आइतबार बिहान त्रिभुवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको हो ।

दोस्रो चरणको खोप कार्यक्रम शुरु गर्दै प्रधानमन्त्री ओलीले खोप लगाउनुभएको हो । उहाँको साथमा उहाँकी श्रीमती राधिका शाक्यले पनि खोप लगाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिक रुपमा सुरु भएको छ ।

प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयस त्रिपाठी, गृहमन्त्री रामबहादुर थापा लगायतले पनि कोरोनाविरुद्धको खोप लगाउनुभएको छ ।

गृहमन्त्री थापाले भने बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाविरुद्धको कोभिशिल्ड लगाउनुभएको हो ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अरु जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइँदैछ ।

यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४