Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘विप्लव’का दाइ ‘वीरजंग’ चितवनको जेलमा, केन्द्रबाट रिहाइको निर्देशन गएन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २२ २०७७
  • 3.8K
    SHARES

चितवन । नेपाल कम्युनिष्ट पार्टी विप्लवका नेता एवं पार्टीका महासचिव विप्लवका आफ्नै दाइ जेलमा बस्न बाध्य भएका छन् ।

केन्द्रबाट निर्देशन नआउँदा नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ चन्द्रबहादुर चन्द चितवनको जेलमै छन् । ‘वीरजंग’ उपनामले चिनिने चन्द गत असोजदेखि चितवनको कारागारमा छन् । दाङबाट पक्राउ परेका उनिविरुद्ध बम विष्फोटको अभियोगमा जिल्ला अदालत नवलपरासीमा मुद्दा चलाइएको थियो ।

मुद्दामा गत असोज २१ गते अदालतले २५ हजार रुपैयाँ धरौटी बुझाउन भने पनि चन्दले अस्वीकार गरेपछि जिल्ला कारागार नवलपरासीमा बस्नु परेको थियो । उनी बिरामी भएपछि उपचार गर्न असोज २८ गते चितवन कारागार सारिएको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिनुभयो ।

रिहाइका लागि केन्द्रबाट कुनै पनि निर्देशन नआएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । सबै विवरण केन्द्रमा पठाइएको र केन्द्रबाट आउने निर्देशन पर्खिएको लामिछानेको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीसँग कुरा भएर चन्दलाई चितवनबाटै रिहाइ गर्न मिल्ने भए पनि केन्द्रले निर्देशन नदिँदा ढिलाइ भएको लामिछानेले बताउनुभयो । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीबीच सहमति भएसँगै जेलमा रहेका नेता कार्यकता रिहाई गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४