Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुल्मेली चेली देवी पाण्डे बनिन् पर्वतको प्रमुख जिल्ला अधिकारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 11.5K
    SHARES

यसअघि दुई जना गुल्मेली चेलीहरू सिडिओ अर्थात प्रमुख जिल्ला अधिकारी भई सकेका छन् । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने पाण्डे तेस्राे गुल्मेली चेली हुन् । यसअघि गुल्मेली चेली हुमकला पाण्डे सहसचिव तहबाट भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेकी थिईन् भने गुल्मीकै अर्की चेली ईन्दु घिमिरेले पनि सहसचिव तहबाटै कपिलवस्तु जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेकी थिईन् ।

प्रमुख जिल्ला अधिकारी हुने तीन जना गुल्मेली चेलीहरुमध्ये उपसचिव तहबाट प्रमुख जिल्ला अधिकारी हुने पर्वतकी प्रमुख जिल्ला अधिकारी पाण्डे पहिलो हुन सक्ने गुल्मीमा पहिलो महिला सिडियोको कार्यभार सम्हाली रहेकी रुद्रदेवि शर्मा बताउछन । शर्मा पनि सहसचिव तहकी प्रमुख जिल्ला अधिकारी हुन् । पाण्डे यसअघि गोरखा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी थिईन् ।

गाउँकै पेगा निम्न माध्यामिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेकी पाण्डेले त्यहाँ कक्षा ७ उत्तीर्ण गरी मुसिकोट मैदानको पृथ्वी माध्यमिक विद्यालयमा कक्षा ८ देखि पढेकी थियन् । उनले २०५४ सालमा एसएलसी उत्तीर्ण गरेकी हुन् ।

२०६३ सालमा शाखा अधिकृतबाट प्रशासनिक सेवमा प्रवेश गरेकी पाण्डेले काठमाडाैँको पद्यमाकन्या क्याम्पसबाट आईए पास गरेकी थिइन् । त्यसपछि जनप्रशासनिक क्याम्पसबाट मास्टर डिग्री गरेर उनले ३ वर्ष भारतमा समेत अध्ययन गरेकी हुन् । पाण्डेले कोरियाबाट एलएलबी सकेर एमपिएममा मास्टर डिग्री समेत गरेकी छन् ।

पाण्डे पर्यटन मन्त्रालयमा ५ वर्षसम्म काम गरेकी थिईन् । त्यस्तै शिक्षा मन्त्रालय, निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी समेत सम्हालेकी थिईन् । पछि लुम्बिनी प्रदेशको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा समेत उनले काम गरेकी छन् ।

पाण्डेको वैवाहिक घर भने गुल्मीकै गुल्मीदरबार गाउँपालिका वडा नम्वर ६, चारपाला हो । उनले २०५५ साल बैशाखमा चारपालका बिष्णुबहादुर खत्रीसंग वैवाहिक सम्वन्ध स्थापित गरेकी थिईन । पर्वतमा यसअघि पहिलो महिला सिडिओ आई सकेकोलेले उनी पर्वतको दोश्रो महिला सिडिओ हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४