Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार र विप्लव समुहबीच आज पनि वार्ता हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २० २०७७
  • 3.6K
    SHARES

काठमाडौं । नेपाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता हुँदैछ ।

हिजो तीन पटक भएको वार्ता सकारात्मक रहेकोले आज पनि वार्ता हुन लागेको हो । हिजोको अन्तिम वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको थियो ।

यसअघि दुई पटकको वार्ता प्रधानमन्त्री निवास वालुवाटारमा भएको थियो । हिजोको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले गर्नुभयो ।

वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समुहको तर्फबाट खड्गबहादुर विश्वकर्माले नेतृत्व गरिरहनुभएको छ ।

वार्तामा सरकारी टोलीले विप्लव समुहलाई सम्पूर्ण रुपले हिंसा त्यागेको प्रतिबद्धता जनाउँदै आफुसँग भएको हतियार बुझाउन आग्रह गरेको छ ।

विप्लव समुहले भने आफुसँग कुनै प्रकारको हतियार नभएको दावी गरेको छ । यसैगरी विप्लव समुहले आफुमाथिको प्रतिबन्ध हटाएर जेलमा रहेको नेता कार्यकर्ता रिहा गर्नुपर्ने शर्त अघि सारेको छ ।

सकेसम्म वार्तालाई आजै निष्कर्षमा पु¥याउने तयारी दुबै पक्षले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४