Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका ५ कार्यकर्ता पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १७ २०७७
  • 6.6K
    SHARES

काठमाडौं । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेस निकट विद्यार्थीहरु पक्राउ परेका छन् ।

नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघमा आवद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउने प्रयास गरेका थिए ।

कालोझण्डा देखाउने क्रममा पोखराको नदीपुरबाट नेवि संघका प्रताव बानिया, अशिम शुवेदी, सन्देश ठकुरी, रमेश चन्द्र जैसी र नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

विद्यार्थी नेताहरु पक्राउ परेपछि नेविसंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै त्यसको विरोध जनाएको छ । प्रहरीको नियन्त्रणमा रहेका आफ्ना विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न नेविसंघका अध्यक्ष राजीव ढुंगानाले माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा प्रहरी दमनको भरमा सत्ताको आयु लम्ब्याउन खोजे त्यो दिवा सपना मात्र हुने विज्ञप्तिमार्फत उनले चेतावनी दिएका छन् ।

प्रहरी हिरासतमा रहेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४