Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोरम्बा ५ गुन्साल रामेछापमा सेतिदेबी जन जागृति युबा समाजबाट नमुना बस्ती निर्माणकार्य शुरु :


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २० २०७४
  • 16.1K
    SHARES

दाेरम्बा ५ गुन्साल रामेछापमा नमुना बस्ति सेतिदेबि जनजागृति युवा समाज दाेरम्बा ५ गुन्साल रामेछापले गुन्सालमा नमुना बस्ति निर्माण गर्न लागेकाे जनाएकाे छ । युवा समाजले गुन्सालमा २३ राेपनि जमिन एकीकरण गरेर भुकम्प पछिकाे पुनर्निर्माणकाे ३५ घर निर्माण गरि नमुना बस्ति निर्माण गर्न लागिएको संस्थाका सचिव प्रज्वल श्रेष्ठले अाज रामेछाप सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरि जानकारी दिनुभएकाे छ । प्राबिधिकले दिएकाे जानकारी अनुसार उक्त बस्ति निर्माणमा ३ कराेड ३२ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । भुकम्प पिडितलाई सरकारले दिएकाे राहत रकमकाे ५० हजारबाट नै काम सुरु गरिएकाे जनाएकाे छ ।उक्त बस्तिमा एक खेल मैदान,एक सामुदायिक भवन,मन्दिर , विद्यालय , खानेपानी , बिजुलिकाे सविधा उपलब्ध हने साथै हरेक घरमा सडक संजाल समेत पुर्‍याउने श्रेष्ठले बताउनुभयाे । यहि बैशाख १ गते नया वर्षको दिन पारेर अाैपचारिक रुपमा शिलान्यास गरि निर्माण सुरु गरिने भएकाे छ । उक्त वस्ति निर्माणमा अपुग रकमकाे लागि शिलान्यास पछि सहयाेग संकलन थालिने भएकाले अभियानमा साथ दिन चाहनुहुने सम्पुर्ण महानुभाबहरु तथा संघ सस्थाहरुसग हातेमालो गरेर सहयाेग संकलन गरेर यो कामलाई पुर्णतया समापन गरिने लक्ष्य लिएको छौ।यस समाज सेवाको काममा सहयोग गर्न चाहनुहुने सम्पुर्ण महानुभाबहरुलाइ सहयाेग गरिदिन पनि श्रेष्ठले अनुराेध गर्नु भएकाे छ ।
यस प्रतिष्ठानले स्थापना देखि नै द्वन्द्व पिडित वालवालिका र शिक्षाको क्षेत्रमा सबैलाई समेटेर रामेछाप ,अाेखल्ढुङ्गा काभ्रे नुवाकोट लगाएकाे जिल्लाहरुमा काम गर्दै अाईरहेकाे छ ।र अब पनि यस समाजले सबै क्षेत्र लाई समेटेर कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउने कुराको पनि जानकारी सचीव प्रजवल श्रेष्ठले आज रामेछापमा पत्रकारसम्मेलन गरेर जानकारी गराउनु भएको छ। सो कुराको जानकारी जन न्युज नेपाल खबर डट कम लाई हाम्रो रामेछापका प्रतिनिधि ले जानकारी गराउनु भएको छ। सेतिदेबी जनजागृति युबा समाज दोरम्बाको साथिहरुलाइ सफलताको शुभकामना दिन चाहान्छौ। जन न्युज नेपाल खबर डट कम परिवार ललितपुर नेपाल :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४