काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श समितीको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफु सन्तुष्ट नरहेको बताएका हुन् ।
“निर्माणको काम धिमा गतिमा भयो” प्रधानमन्त्री ओलीले भने “यसलाई गति दिनुपर्छ ।” कतिपय पिडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज नभएको प्रधानमन्त्री ओलीको भनाई छ । “भूकम्प गएको तीन बर्षपछि मापदण्डको फिता र डण्डी लिएर गएर हुँदैन” प्रधानमन्त्री ओलीले भने “निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनु पर्दछ । ”
पहिला देखि बसोबास गरिआएका तर जग्गाधनी पूर्जा नभएका घरधनीलाई पनि अनुदान रकम उपलब्ध गराउनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । “त्यस्ता स्वबासीहरु अनुचित ढंगले बसेका होइनन् भने धनीपूर्जा नभए पनि अनुदानको रकम उपलब्ध गराउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने “यसमा ऐन कानुनले केही अफ्ठ्यारो पार्छ भन्ने सच्याएर अरुले पाए सरह सुबिधा दिने ब्यास्था गर्नुपर्दछ ।”
प्रधानमन्त्री ओलीले सिंहदरबार विश्व विद्यालयमा पढेर आएर अभ्यास गर्ने ठाउँ नभएको स्पष्ट पारे । सिंहरदरबारको मुल भवनमा भइरहेको रेट्रो फिटिङमा असन्तुष्टी जनाउँदै प्रधानमन्त्री ओलीले यो कुन उद्धेश्यले गरिएको हो यसमा आफ्नो चासो रहेको स्पष्ट पारे । “रेट्रो फिटिङका नाममा त्यहाँ के भइरहेछ म आफैं हेर्न चाहन्छु । त्यहाँ नहुनु पर्ने काम भइरहेको छ,” प्रधानमन्त्री ओलीले भने, “ विश्व विद्यालय पढेर आएर सिंहदरबार अभ्यास गर्ने थलो होइन ।” आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा सुरु गरेको म बनाउँछु मेरो धरहरा कार्यक्रम अलपत्र परेको भन्दै त्यसलाई निरन्तरता दिइने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
परिषदमा १४ जना सांसद मनोनित प्रधानमन्त्री ओलीले भूकम्प अति प्रभावित क्षेत्रका १४ जना संसादलाई परिषदमा मनोनित गरेका छन् । जसमा यज्ञराज सुनुवार, पार्वत गुरुङ, श्याम कुमार श्रेष्ठ, अग्नी सापकोटा, गंगाबहादुर तामाङ, हरिबोल गजुरेल, प्रेम सुवाल, गगन कुमार थापा, मोहन आचार्य, भूमी त्रिपाठी, हितबहादुर तामाङ, पम्फा भूसाल,बिारेध खतिवडा र हरिराज अधिकारी रहेका छन् ।