Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब एन्ड्रोइड फोनमै 4k युट्युब भिडियो हेर्न सकिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १२ २०७७
  • 5K
    SHARES

अन्ततः गुगलले आफ्नो युट्युब एन्ड्रोइड एपमा फोर के एचडीआर फिचर थप गरेको छ । योसँगै अब प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोनमा युट्युब एपबाटै उच्चतम रिजोलुसन युक्त फोर के भिडियोहरु हेर्न पाउनेछन् ।

यसअघि फोर के एचडीआर प्लेब्याक फिकर केवल आइफोन प्रयोगकर्ताहरुको लागि मात्र उपलब्ध थियो भने एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले युट्युबमा अधिकतम १४४० पिक्सेल रिजोलुसन सम्म मात्र भिडियो हेर्न सक्दथे ।

अब चाहिँ युट्युबमा अपलोड भएका २१६० पिक्सेल अर्थात् फोर के रिजोलुसनका भिडियोलाई युट्युबका दर्शकले एन्ड्रोइड फोनमा समेत सोही रिजोलुसनमा हेर्न पाउनेछन् ।

आफ्नो एन्ड्रोइडको युट्युब एपमा रिजोलुसनलाई अधिकतम बनाउनका लागि युट्युब एपमा भिडियो खोलेर माथिल्लो भागमा रहेको तीनवटा थोप्लावाला मेन्यूमा ट्याप गर्ने र त्यहाँको प्लेब्याक अप्सनमा गई अधिकतम रिजोलुसन छनोट गर्नुपर्दछ ।

त्यसअघि तपाईंले गुगल प्लेमा गएर आफ्नो युट्युब एप अपडेट गरेर फोर के एचडीआर प्लेब्याक सपोर्ट प्राप्त गर्न सक्नुहुनेछ ।

तथापि फोर के भिडियो चलाउँदा यसले मोबाइल डाटा धेरै खपत गर्नुका साथै इन्टरनेट स्पिडलाई पनि घटाइदिन सक्दछ । यसका साथै ब्याट्री समेत छिटो रित्तिन सक्दछ ।

स्मरण रहोस् युट्युबले हालैमात्र नयाँ जेनेरेसनका एक्सबक्स कन्सोलमा समेत एचडीआर सपोर्ट उपलब्ध गराएको छ ।

एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४