Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधानमाथि अपराध गर्नेहरुलाई दण्ड दिनुपर्छ : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ११ २०७७
  • 8.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधान र व्यवस्थाको पक्षमा भएको बताएका छन् ।

सर्वोच्चको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा विघटनलाई बदर गरेको थियो । त्यसबारे प्रतिक्रिया दिँदै थापाले भने, ‘प्रधानमन्त्रीले नेपालमा सबैलाई मिलाउन सक्छु भन्ने ठान्नु भएको थियो । त्यसलाई सर्वोच्चले गलत सावित गर्दै संविधान र व्यवस्थाको पक्षमा निर्णय गरेको छ ।’

यसले सिंगो व्यवस्थाप्रति आशा भरोसा बढाएको उनले बताए । संसद पुनर्स्थापनासँगै बल संसदको कोर्टमा गएको र संसदले अड्किएको राजनीतिको निकास दिने थापाले बताए ।

उनले अघि भने, ‘संविधानमाथि अपराध गर्नेलाई दण्ड दिनुपर्छ । उनीहरुलाई दण्ड दिइएन भने भोलि पनि यस्तो दोहोरिन सक्छ ।’ संसद विघटन भएपछि मुलुक संविधानको पक्ष र विपक्षमा ध्रुविकरण भएको स्मरण गर्दै थापाले भने, संविधानको पक्षमा उभिने र नाफाको पक्षमा उभिनेहरुको कित्ताकाट भयो । कसले संविधान हेर्‍यो, कसले नाफा हेर्‍यो भन्ने कित्ताकाट भयो ।’


                                                                                                                गगनकुमार थापा नेपाली कांग्रेस


प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४