भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर चुरोट कारखाना पुनःसञ्चालनको वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन्।
धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा आज आयोजित स्वागत सम्मान समारोहमा उनले सो आग्रह गरेका हुन्।
प्रदेश सरकारले कारखाना परिसरमा सञ्चालन गरिहेका कार्यालय र आवासलाई कारखानाभन्दा अन्यत्र व्यवस्थापन गर्न आग्रह गर्दै उनले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्न सरकारले गृहकार्य गरिहेको बताए। मन्त्री महासेठले जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीमा सूचीकृत गराउने कार्य अन्तिम चरणमा पुगिसकेको बताउँदै जमुनीवास–बटेश्वर हुँदै कुर्थासम्म सडक निर्माणका लागि लागत खर्च र नापीको काम भइरहेको जानकारी दिए।