Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १: प्रदेश सभा अवरोध गर्ने ओली समूहको तयारी, अविश्वासको प्रस्ताव पेश गर्न नदिने रणनीति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ९ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठक आइतबार बस्दैछ । दिउसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावबाहेक कुनै विजनेश छैन ।

तर सत्तापक्ष नेकपाको ओली समूहले भने मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न नदिने रणनीतिमा छ । यसअघि ओली समुहको अवरोधका कारण अविश्वास प्रस्ताव दर्ता हुने सकेको छैन ।

मुख्यमन्त्री राईले भने अविश्वासको प्रस्ताव जबरजस्ती अघि बढाए प्रदेशसभा भंग गर्ने चेतावनी दिनुभएको छ । गत माघ २५ गते ओली समुहका सांसदहरूले विरोध जनाएपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो ।

नेकपाका दाहाल नेपाल समुहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । यस अघि माघ ७ गते बोलाएको बैठक ३ मिनेट बसेर स्थगन भएको थियो । विपक्षी कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा उभिने भन्नेमा अहिलेसम्म ठोस निर्णय लिएको छैन ।

कांग्रेसले प्रदेशसभाको बैठक जसरी अघि बढ्ने र सोहीअनुसार निर्णय लिने जनाएको छ । ९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुवै समुह गरि ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक एक जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४