Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केन्द्रीय सदस्यलाई प्रचण्ड–माधवको निर्देशन : जुनसुकै बेला निर्णय गर्नुपर्छ, तयार रहनुहोस्


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ७ २०७७
  • 3.3K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

‘जुनसुकै बेला जस्तोसुकै निर्णय निर्णय लिनुपर्ने हुन्छ, तपाईंहरु तयारी अवस्थामा रहनुहोला । दुवै अध्यक्षको सार यही थियो’, एक केन्द्रीय सदस्यले  भने । शुक्रबारको बैठक झण्डै दुई घण्टा चलेको छ ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । संसद् विघटन विरुद्ध उक्त पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसंघर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए ।

बैठकमा प्रचण्ड, नेपाल र श्रेष्ठले संसद् विघटन विरुद्धको आन्दोलनलाई बलियो समर्थन मिल्दै गएको निष्कर्ष सुनाएका थिए । ‘यो अवधिमा संसद् विघटनको निर्णय प्रतिगमन हो भन्ने सिद्ध भएको छ । नागरिक समाज, बौद्धिक, बुद्धिजिवी, पूर्वप्रधानन्यायाधीहरु, पेशाकर्मी, आमसञ्चार माध्यमहरु लगायतले यो सरकारको कदमलाई प्रतिगमन भनिसकेको छ’, श्रेष्ठले भनेका थिए ।

हिजो मात्रै केन्द्रीय सदस्यहरुलाई यो समूहले नागरिकता सहित पेरिसडाडाँमा बोलाएको थियो । बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले नागरिकताको प्रतिलिपी बुझाउँदै हस्ताक्षर गरेका छन् ।

#नेकपा प्रचण्ड–माधव समूह

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४