Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनाव हुन्छ, हुन्छ, हुन्छ – सभापति देउवा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ७ २०७७
  • 7.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुने ठोकुवा गर्नुभएको छ ।

शुक्रबार नुवाकोटमा कांग्रेसको पार्टी कार्यालय उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले प्रतिनिधिसभा पुनर्स्थापना नभएकोृ खण्डमा जसरी पनि चुनाव हुने बताउनुभएको हो ।

‘चुनाव हुन्छ, हुन्छ, हुन्छ’ उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा पुनर्स्थापना भए ठिकै छ, भएन भने जसरी पनि चुनाव हुन्छ नि, ओलीले नगराएर सुख पाउँछन् ?’ उहाँले चुनाव नगराएको खण्डमा ओलीलाई निकाल्नका लागि आफू पनि लाग्ने बताउनुभयो ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा पनि निर्वाचन हुँदैन हुँदैन भन्दा भन्दै भएको सभापति देउवाले निर्वाचन भएको खण्डमा तयारी गर्नुपर्दैन भनेर सहभागी नेता र कार्यकर्तालाई प्रश्न गर्नुभयो उहाँले भन्नुभयो, ‘चुनाव हुँदैन, हुँदैन भन्छन् साथीहरु, भयो भने नि ? तयारी गर्नुपर्दैन ? तयारी गर्दैमा के बिग्रियो ?’

नेपालमा संविधान नबुझ्ने कोही नभएको जस्तो देखिए पनि वास्तबमा संविधान भने कसैले नबुझेको सभापति देउवाको भनाइ छ । उहाँले संविधानको विषयमा अधिवक्ताहरु र अदालतले बोल्ने बताउँदै चुनावको प्रचारका लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले विचराधीन मुद्दामा आफूहरूले प्रभाव पार्न नहुने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने दावी गर्दै सभापति देउवाले कांग्रेस कांग्रेसबीचकै लडाईंका कारण निर्वाचनमा हार बेहोर्नुपरेको बताउनुभयो । टिकट एउटाले मात्रै पाउने भएकाले सहकार्य गरेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

साथै सभापति देउवाले पार्टीका नेता कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको खिलाफमा बोल्न सक्ने भए पनि पुष्पकमल दाहालको खिलाफमा अझै बोल्न नसकेको आरोप लगाउनुभयो । उहाँले ओली सँगसँगै दाहालको खिलाफमा पनि बोल्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा प्रकाशमान सिंह, गगन थापा, रामशरण महत, अर्जुननरसिंह केसी, प्रदीप पौडेल, कमला पन्त लगायत नेपाली कांग्रेसका शीर्ष नेताहरु उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४