Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा-रामचन्द्र बाझ्ने, कार्यकर्ता ताली ठोक्ने !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 8.4K
    SHARES

पोखरा । नेपाली कांग्रेस सुतेको छैन भनेर देखाउन अहिले सबैभन्दा ठूलो अवसर ठान्छन्, रुपा गाउँपालिका, कास्कीका गोपाल थापा। प्रतिनिधिसभा विघटन  गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध संयुक्त मोर्चा बनाएर नेतृत्व गरेर फेरि एक पटक कांग्रेसले उत्साह भर्नुपर्ने उनी ठान्छन् ।

तर कांग्रेस नेतृत्वको कुरा सुनेर उनी आफैं छक्क पर्छन् । बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी सम्मेलनका पार्टीका दुई शीर्ष नेताको भाषण सुनेपछि त उनलाई झोंक चल्यो । ‘कार्यकर्तालाई कि आन्दोलनमा लाग भन्नुपर्‍यो कि चुनावको तयारी गर, केपी ओली ठीक छन् भन्नुपर्‍यो,’ थापाले भने, ‘तर सभापति कांग्रेस सडकमा नआउने भन्छन्, वरिष्ठ नेता आन्दोलनमा उत्रन आहृवान गर्छन् ।’

हुन पनि पोखरा प्रदर्शनी केन्द्रमा भएको कार्यक्रममा त्यस्तै भयो । सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले अदालतको फैसला नआउँदासम्म कांग्रेसले ओलीको पक्ष-विपक्षमा नलाग्ने बताए ।

संविधानको रक्षा गर्न कांग्रेसले आन्दोलन गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले सभापति देउवाको प्रतिकार गर । ‘किन चुनाव चुनाव भन्ने ? चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो’ देउवाप्रति इंगित गर्दै पौडेलले भने, ‘नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने ? जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?’

ओली वा प्रचण्ड कसैको पक्षमा नभएर नेपाली कांग्रेस अदालतको पक्षमा रहने देउवाले बताए, कार्यकर्ताले ताली बजाए । वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाको प्रतिवाद गर्दै आन्दोलनै गर्नुपर्ने बताए, त्यसमा पनि ताली बजाए ।

तर नेताहरुकै दुई थरी विचारले कार्यकर्ता उत्साही बनेनन् । बरू संसद विघटनबारे कांग्रेसका केन्द्रीय नताहरू जसरी नेताहरु विभाजित भएका छन्, त्यसको असर तल्लो तहका नेतासम्म पुगेको दिखिएको छ ।

यद्यपि तल्लो तहका कार्यकर्ता संसद विघटनविरुद्ध आन्दोलन गर्नुपर्ने पक्षमा छन् । ‘कांग्रेसलाई फेरि एक पटक जनताको पार्टी पार्टी बन्ने अवसर छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्‍यो भने पनि जितै भयो, निर्वाचन भयो भने ओलीविरुद्ध नारा लगाउँदै चुनावमै जान सकिन्छ,’ तनहुँका ईश्वर रानाले अनलाइनखबरसँग भने, ‘तर, कांग्रेस सभापति देउवाले किन कुरा बुझिरहेका छैनन्, हामी चकित पर्छौं ।’

कांग्रेसको केन्द्रीय समितिले नै प्रधानमन्त्रीको कदम असंवैधानिक भनेको छ । र, तीन चरण आन्दोलन पनि भयो । तर वरिष्ठ नेता पौडेल र कृष्ण सिटौला पक्षका नेताहरु प्रधानमन्त्री ओलीको कदमविरुद्ध खरो उत्रिँदा देउवा भने आन्दोलन गरेर अदालतलाइ यही गर भन्न नहुने बताइरहेका छन् । अदालतले पुनर्स्थापना गर भन्यो भने स्वीकार गर्ने, चुनाव गर भन्यो भने पनि स्वीकार गर्ने देउवाको भनाइ छ ।

तर  पौडेलको प्रश्न छ, ओलीले संविधानमाथि हमला गरेको बेला अदालतले के गर्छ भनेर हेरेर बस्ने हो कि लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्ने ?

पोखरामा भएको कार्यक्रममा पनि देउवाले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले देशमा धुर्वीकरण सुरु गरेको बताए । तर, कार्यकर्तालाई सडक आउन भनेनन् । देउवा समूहका नेता गोपालमान श्रेष्ठले पनि ओलीले संविधानबिपरीत कदम चालेको भए पनि अदालतको निर्णय पर्खनुपर्ने बताए ।

तर, पौडेल समूहका नेताहरुले आन्दोलनको आँधीबेहेरी ल्याउनुपर्ने र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए ।

कांग्रेसका नेताहरुले आन्दोलन किन गर्ने र किन नगर्ने भन्ने कार्यकर्तालाई बुझाउन नसकेको कास्की कांग्रेस सभापति कृष्ण केसी बताउँछन् । ‘देउवाले अदालतमा विचाराधीन रहेको विषयमा आन्दोलन गर्न ठिक नहुने बताउनुभएको छ, एक हिसाबले ठिकै होला । तर, पार्टीले ओलीको कदम असंवैधानिक भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ,’ केसीले अनलाइनखबरसँग भने, ‘सभापति देउवाले के भने भन्दा पनि पार्टीले के निर्णय गर्‍यो भन्ने हो । पार्टीले आन्दोलन गरिरहेको छ । हामी सडकमै छौं ।’

कांग्रेसका बागलुङ सभापति दिपेन्द्रबहादुर थापा पार्टीमा आन्तरिक द्वन्द्व रहेपनि संसद विघटनजस्तो गम्भीर विषयमा एकमत हुनुपर्ने बताउँछन् ।  ‘नेताहरु जे गर्छन्, आफूलाई केन्द्रमा राखेर निर्णय गर्छन्,’ थापाले भने ।

तनहुँ भीमादका विजय थापा गम्भीर विषयमा पनि पार्टीको दुइ खाले धारणा आउँदा गाउँ/गाउँका कार्यकर्तालाई निराह बनाएको  बताउँछन् । ‘जिल्ला तहसम्मका नेताका गुट छन्त, र गाउँ गाउँका कार्यकर्ताका गुट छैन, कांग्रेस छ,’ उनले भने, ‘नेताहरुले उनीहरूलाई निरुत्साहित गराएका छन् । यो विषय यस्तो हो भनेर कार्यकर्तालाई बुझाउनुपर्थ्यो ।’

बागलुङका विष्णु रोका, पुराना नेताहरूबाट न देश, न कांग्रेसलाई फाइदा पुग्ने बताउँछन् । ‘कुर्चि र पदका लागि सधैं झगडा गरिरहने, तर ठाउँ पाउँदा गर्न नसक्ने, सत्ता र पदको स्वाद चाखिसकेका भुत्ते नेताबाट कसैलाई फाइदा छैन,’  उनले भने, ‘अब अर्को पुस्ताले हस्तक्षेप गरोस् । गगन थापा, विश्वप्रकाश, मिनेन्द्र रिजालहरुले पुरानालाई विस्थापित गर्ने हिम्मत उठाउन् ।’

अहिलेको अवस्था सिर्जना हुनुमा नेकपाका दुबै समूहको हात रहेको भन्ने कुरालाई जनतासम्म पुर्‍याएर संविधानको पक्षमा लहर चलाउने हो भने देउवा र कांग्रेसलाई फाइदै पुग्ने कास्की कांग्रेस सभापति केसीको भनाइ छ ।

पार्टीका शीर्ष नेता गम्भीर विषयमा मञ्चमै बाझाबाफ गर्दा कार्यकर्ताले दुबैतिर ताली ठोक्ने नभई एकमत हुन दबाब दिनुपर्ने सन्त आलेको भनाइ छ । ‘जब/जब राजनीतिमा संकट आइपर्छ र सत्य/असत्य नछुट्याइ पछि लाग्छन्,’ उनले भने, ‘कांग्रेस कार्यकर्ता भेंडा नबनेर सिर्जनशील र समृद्ध पार्टी निर्माणको सहयोगी बन्नेतिर पनि खोच्नेपर्छ । त्यसका लागि सिर्जनशील दबाब दिन सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४