Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीशको प्रश्न ‘यो सरकार कसको हो ?’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २ २०७७
  • 6.7K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि जवाफी बहस सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानुन व्यवसायीले गएको बिहीबार बहस सकेपछि आजदेखि उहाँकातर्फबाट बहस गरेका कानुन व्यवसायीले उठाएका प्रश्नको जवाफ रिट निवेदकका तर्फबाट वकिलहरुले जवाफ दिन लागेका हुन् ।

बहसको सुरुमा नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार कसको हो भनेर प्रश्न गर्नुभएको छ । संवैधानिक इजलासमा जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश जबराले यस्तो प्रश्न गर्नुभएको हो ।

जवाफमा अधिवक्ता पोख्रेलले यो सरकार नेकपाको भएको उत्तर दिनुभयो । त्यसपछि फेरि जबराले त्यसैलाई टेकेर अर्को प्रश्न गर्नुभयो, ‘यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल हो।

अनि तपाईंले धारा ७६ को दफा १ बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो ? त्यसको जवाफमा अधिवक्ता पोख्रेलले ओलीले सरकार चलाउन नसक्ने हो भने राजीनामा दिनु पर्ने र संसदीय दलबाट विकल्प खोज्नु पर्ने बताउनुभयो ।

उहाँले सरकार बन्न सक्थ्यो कि सक्दैनथ्यो भनेर अदालतले अनुमान गर्न नमिल्ने जनाफ दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४