Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा प्रचण्ड-नेपाल समूह अब तेस्रो चरणको आन्दोलनमा, आज घोषणा हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २ २०७७
  • 4.8K
    SHARES

काठमाडौँ, / प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । उक्त पार्टीले आज (आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै आन्दोलनरत यस समूहले तेस्रो चरणमा अझै सशक्त रुपले संघर्षका कार्यक्रम अघि बढाउने जनाएको छ । सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले आइतबार दिउँसो २ बजे पार्टी कार्यालय, पेरिस डाँडामा प्रतिगमनविरोधी संघर्षको तेस्रो चरणका कार्यक्रम घोषणा गरिन लागेको बताएका छन् ।

यसअघि यस समूहले पहिलो र दोस्रो चरणका आन्दोलन सम्पन्न गरिसकेको छ । जस अनुसार दोस्रो चरणमा माघ १३ गतेदेखि माघ २८ गतेसम्म विभिन्न विराेध कार्यक्रम, धर्ना तथा जनसभाहरू सम्पन्न गरेको थियो ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेयता नेकपाभित्रैबाट असन्तुष्ट समूहले विरोध गर्दै आएको छ । वैधानिक रुपमा अलग नभइसके पनि नेकपा प्रचण्–प्रचण्ड माधव समूहले प्रधानमन्त्रीको उक्त असंवैधानिक रहेकाले प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४