काठमाडौं,/ मुलुकमा थप १ सय २७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ४७ र पुरुषको संख्या ८० रहेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजारको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय २७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३६ संक्रमित निको भए, २ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ३६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ३६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ७०७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर चार हजार जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ११ हजार ६४९ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।