Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ३० २०७७
  • 6.3K
    SHARES

संखुवासभा । खाँदबारी–किमांथान्का सडक खण्डमा भारतीय नम्बर प्लेटको टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएकी छन् । मृत्यु हुनेमा मकालु–३ हेदाङनाका ४२ वर्षीय खड्गबहादुर राई रहेको प्रहरीले जनाएको छ ।

राई चढेको को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई बिहान साढे ९ बजे भारतीय नम्बर प्लेटको टिपरले ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोष बुढाथोकीले बताउनुभयो ।

टिपरको ठक्करबाट गम्भीर घाइते मृतक राईकी श्रीमती प्रेम कुमारी राईको प्राथामिक स्वास्थ्य केन्द्र नुममा साधारण उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । मकालुको फयाक्सिदा घर भएका मृतक राई राजारानी आधारभुत विद्यालयका सहयोगी हुन् भने श्रीमती सोही विद्यालयको बाल शिक्षिका हुन् ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपरका चालक काभ्रे नवबुध नगरपालिकाका ३० वर्षीय सुवास चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४