Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टेलिग्राम बन्यो सबैभन्दा धेरै डाउनलोड हुने एप, ह्वाट्सएप खस्कियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २८ २०७७
  • 3.7K
    SHARES

टिकटक तथा फेसबुक मातहतको इन्स्टेन्ट मेसेजि एप ह्वाट्सएप लगायतलाई पछाडि पार्दै क्लाउड बेस्ड मेसेजि एप टेलिग्राम विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ ।

चालु वर्ष सन् २०२१ को जनवरी महिनामा नन गेमिङ एपतर्फ टेलिग्राम पहिलो नम्बरमा उक्लिएको हो ।

सेन्सर टावरको पछिल्लो तथ्यांक अनुसार जनवरी महिनामा टेलिग्राम एप विश्वमा ६ करोड ३० लाख पटक डाउनलोड भएको छ ।

स्मरण रहोस् सन् २०२० को डिसेम्बर महिनामा सर्वाधिक डाउनलोड हुने एपको पहिलो स्थानमा टिकटक थियो भने टेलिग्राम टप फाइभमा पनि थिएन ।

जनवरी २०२० मा भन्दा गत महिना टेलिग्राम एप ३.८ गुणा बढी डाउनलोड भएको छ ।

जनवरी महिनामा धेरै डाउनलोड हुने एपमा टेलिग्राम पछि दोश्रो स्थानमा टिकटक रहेको छ भने तेश्रो स्थानमा सिग्नल रहेको छ ।

त्यस्तै चौथो स्थानमा फेसबुकले आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । ह्वाट्सएपको स्थानमा व्यापक गिरावट आएको छ र सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पाँचौँ स्थानमा झरेको छ ।

सर्वाधिक डाउनलोड हुने नन गेमिङ एपको छैटौँ स्थानमा इन्स्टाग्राम छ भने सातौँ स्थानमा जूम रहेको छ । त्यस्तै आठौँमा एम एक्स टाका टाक, नबौँमा स्नापच्याट र दशौँ स्थानमा फेसबुक मेसेन्जर रहेको छ ।

सेन्सर टावरको पछिल्लो रिपोर्ट अनुसार जनवरी महिनामा टेलिग्राम एप भारतमा सर्वाधिक डाउनलोड भएको छ । विश्वमा भएको कूल डाउनलोड मध्ये भारतको हिस्सा २६ प्रतिशत रहेको छ । अर्थात् जनवरी महिनामा भारतमा डेढ करोड पटक टेलिग्राम डाउनलोड भएको छ । दोश्रो स्थानमा इण्डोनेसिया रहेको छ । कूल डाउनलोडमा इण्डोनेसियाको हिस्सा १० प्रतिशत रहेको छ ।

त्यस्तै जनवरी महिनामा विश्वमा ६ करोड २० लाख पटक टिकटक डाउनलो भएको छ । त्यसमा १७ प्रतिशत हिस्सा चीनको छ भने १० प्रतिशत हिस्सा अमेरिकाको छ । स्मरण रहोस् भारतमा टिकटक एप प्रतिबन्धित छ ।

प्राइभेसी नीतिमा बदलाव सँगै ह्वाट्सएप प्रयोगकर्ताको संख्या तिव्र गतिमा घट्दै जाँदा मेसेजिङ एप प्रयोगकर्ताहरु टेलिग्राम तथा सिग्नल लगायतका एपप्रति आकर्षित हुँदै गएका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४