Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस संयुक्त आन्दोलनका लागि तयार होला ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २७ २०७७
  • 3.9K
    SHARES

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय बारम्बार भनिरहेका छन्– फागुन पहिलो साताबाट प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलनको वातावरण बन्दैछ ।

टेलिभिजन अन्तरवार्ता होस् वा सार्वजनिक कार्यक्रम, सबैतिर प्रचण्डले यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि कुराकानी भइरहेको बताएका छन् । तर, देउवाले भने यस विषयमा सार्वजनिक रुपमा केही बोलेका छैनन् । केही समययता देउवा मौन छन् ।

प्रचण्डले राजनीतिक दलहरुको बीचमा मात्र होइन, विभिन्न संघसंस्था र नागरिक समाजसँग मिलेर संयुक्त आन्दोलन गर्ने प्रस्ताव अगाडि सारेका छन् । केही दिन अगाडि पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘नेपाली कांग्रेस, जनता समाजवादी पार्टी अन्य थुप्रै पार्टीसँग, विभिन्न संघ संस्थासँग र नागरिक आन्दोलनसँग हामी लगातार छलफलमा छौं । किनकी यो विषय सिंगै राष्ट्रको विषय बनेको छ । सिंगै राष्ट्रलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने हाम्रो बुझाइ छ ।’

नेकपाको प्रचण्ड र माधव समूह संयुक्त आन्दोलन मार्फत जनलहर सिर्जना गरी पुनर्स्थापनाको पक्षमा माहोल बनाउन चाहान्छ । यतिवेला नेकपाको दुई समूहको विचमा शक्ति प्रर्दशनको होडवाजीमा रहेको छन् भने कांग्रेसले आफ्नो ढंगले आन्दोलनका कार्यक्रम अगाडी बढाइरहेको छ ।

तर दलहरुका बीचमा यस विषयमा कुनै संयुक्त बैठक समेत आयोजना भएको छैन । प्रतिनिधि सभाको विघटनको भोलिपल्ट दलहरुको एउटा संयुक्त बैठक बस्यो जहाँ प्रचण्डले संयुक्त आन्दोलनको प्रस्ताव गरे तर त्यसका लागि कांग्रेस तयार भएन् । डेढ महिनायता नेकपाको प्रचण्ड–नेपाल समूह, कांग्रेस र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै प्रतिनिधि सभा विघटनको विरुद्ध आन्दोलन गरिरहेका छन् ।

कांग्रेसलाई संयुक्त आन्दोलनमा ल्याउनका लागि प्रचण्ड–प्रचण्ड समूहले कांग्रेस सभापति देउवालाई प्रतिनिधि सभा पुनर्स्थापना भएमा प्रधानमन्त्री बनाउने प्रस्ताव समेत गरेको छ ।

केही हप्ता अगाडि एक टेलिभजन अन्तर्वार्तामा प्रचण्डले देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार रहेको बताएका थिए । त्यस अगाडि देउवा निवासमा नै पुगेर प्रचण्ड र नेपालले केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारीको प्रस्ताव गरेका थिए । देउवाले यस विषयमा केन्द्रीय समितिमा छलफल गराउने आश्वासन दिएका थिए तर कांग्रेसमा यस विषयमा खासै छलफल नै भएको छैन ।

कांग्रेस संयुक्त आन्दोलनका लागि तयार नहुनुको मुख्य कारण हो–नेकपा विभाजनको आधिकारिक टुंगो नलाग्नु । आधिकारिक नेकपा कुन हो भन्ने ठेगान नभएकाले संयुक्त आन्दोलन गर्न कठिनाइ भएको कांग्रेसले बताउँदै आएको छ ।

यसबाहेक देउवाको व्यक्तिगत अडान र महत्वकांक्षाले पनि काम गरेको छ । कांग्रेसले प्रधानमन्त्रीको कदमको विरोध गरिरहे पनि देउवा ठूलो आन्दोलन गरेर अदालतलाई प्रभावित पार्नु हुन्न भन्ने पक्षमा रहेका छन् । देउवाको आन्दोलनमार्फत अदालतलाई धेरै दबाव दिने पक्षमा छैनन् । जसका कारण पार्टीभित्र उनको आलोचना पनि भइरहेको छ ।

पार्टीका नेताहरुले देउवालाई प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा खरो रुपमा प्रस्तुत नभएको आरोप लगाइरहेका छन् । तर देउवाले भने आफू अदालतलाई प्रभावित पार्न नहुने पक्षमा रहेको बताइरहेका छन् ।

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले भने, ‘अहिले पार्टीले संयुक्त आन्दोलनबारे निर्णय लिइसकेको छैन । उनले भने, ‘कम्तिमा सर्वाेच्चको फैसला अगाडि संयुक्त आन्दोलनको सम्भावना छैन । भोलि कसैले सर्वाेच्चको फैसला स्वीकार गरेन, समस्या सिर्जना गर्यो भने त्यस्तो अवस्थामा संयुक्त आन्दोलन हुनसक्छ । तर अहिले छलफलकै क्रममा छ ।’

तर, प्रचण्ड र नेपालसँग संयुक्त आन्दोलन गर्नुहुन्न भनेमा पार्टीभित्र देउवा एक्लै छैनन् । पार्टीका अन्य उच्च नेताहरु समेत पार्टीको आफ्नै छुट्टै पहिचान भएका कारण अरु पार्टीसँग मिलेर आन्दोलन गर्न नहुने धारणा उनीहरुको छ ।

पार्टीका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले संयुक्त आन्दोलनको सम्भावना एकदमै कम रहेको बताए । उनले नेकपाको कुनै समूहसँग मिलेर संयुक्त आन्दोलन नगर्ने विषयमा पार्टीमा लगभग एकमत रहेको बताए ।

संयुक्त आन्दोलन गर्ने विषयमा जनता समाजवादी पार्टीभित्र पनि एकमत छैन । पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त आन्दोलनको लागि सार्वजनिक रुपमा आह्वान नै गरिसकेका छन् तर पार्टीभित्र यस विषयमा एकमत छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४