Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पाइयो : प्रहरी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २७ २०७७
  • 8.1K
    SHARES

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले कुरा गर्दै पोष्टमार्टम रिपोर्टले भट्टको घाँटी थिचेरले हत्या भएको पाइएको बताएका हुन् ।

भट्टको बलात्कार भएको पुष्टि भएको समाचार जन न्युज नेपाल खबरमा  आइतबारै प्रकाशित भएको थियो । ‘आज (सोमबार) लिखित रिपोर्ट नै आइसकेको छ, बलात्कारपछि हत्या भएको देखिएको छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले भने ।

स्रोतका अनुसार प्रहरीलाई दिइएको रिपोर्टको कज अफ डेथ खण्डमा ‘डेथ ड्यु टु स्ट्याङ्गुलेसन’ भनिएको छ । रिपोर्ट अनुसार भट्टको यौनाङ्गमा पनि गहिरो चोट लागेको छ भने टाउको र हातमा पनि चोट देखिएको छ ।

शरीरको विभिन्न भागमा स–साना दागहरु पनि देखिएका छन् । त्यसले उनलाई घिसारिएको हुनसक्ने संकेत गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘शव भेटिए वरपरको स्थानमा झाडी मडारिएकाले पनि त्यसलाई पुष्टि गरेको छ’, एक प्रहरी अधिकृतले भने ।

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो । यो बैतडी सदरमुकामबाट डेढ घन्टाको दुरीमा पर्ने ठाउँ हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४