Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयोजना गुणस्तरमा सम्झौता नगर्न आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ८ २०७४
  • 3.2K
    SHARES

खोटाङ, चैत ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सावित्री गुरुङले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न प्रविधिको प्रयोग सबैभन्दा प्रभावकारी रहेको बताउनुभएको छ ।

आयोगले आज दिक्तेलमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले विकासनिर्माणका योजनामा मात्रै गुणस्तर निर्धारण भयो भने आधा भ्रष्टाचार नियन्त्रण हुन्छ भन्नुभयो ।

आयुक्त गुरुङले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्ने नाममा गुणस्तरमा सम्झौता नगर्न सुझाव दिँदै भन्नुभयो, “खोटाङमा मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राजमार्गलगायत विभिन्न आयोजना निर्माणाधीन छन् । ती आयोजना छिटो सम्पन्न गर्ने नाममा गुणस्तरसँग सम्झौता गर्नुभएन”, उहाँले भन्नुभयो । आयुक्त गुरुङले हलेसीको दीर्घकालीन विकासमा लाग्न स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागीले आयोग अझै जनस्तरसम्म पुग्न नसकेको आरोप लगाएका थिए । उनीहरुले जिल्लाबाट आयोगमा गरिएका कतिपय उजुरीमा हालसम्म पनि सुनुवाइ नभएको दुखेसोसमेत पोखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४