Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले द्वन्द्व निम्त्याउन खोज्यो : श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २२ २०७७
  • 5.3K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण आन्दोलनका क्रममा धरपकड गरेर सरकारले द्वन्द्व तिम्त्याउन खोजेका बताएका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड-माधव समूहले आम हड्ताल आहृवान गरेको छ । त्यसक्रममा सामाखुसी क्षेत्रमा एउटा ट्याक्सीमा आजगनी भएको प्रहरीले बतएको छ । केही ठाउँमा तोडफोड भएको छ ।

बन्द गराउन सडकमा पुगेका प्रचण्ड-माधव समूहका नेता कार्यकर्ता पक्राउ परेका पनि परेका छन् । आम हड्तालका क्रममा रत्नपार्क क्षेत्रमा रहेका संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आएका धेरै साथीहरुलाई गिरफरतारी गरिएको छ, यसो नगर्नु पथ्र्यो । सरकारले द्वन्द्व तिम्त्याउछ र यसबाट निम्तने परिणामको जवाफदेही सरकार नै हुनुपर्छ ।’

ट्याक्सीमा भएको आगजनि बारे सोधिएको प्रश्नमा भने उनले कहि कतै त्यस्तो भएको भए आफैं छानविन गर्ने बताए । आफूहरु शान्तिपूर्ण आन्दोलनप्रति प्रतिवद्ध रहेको भन्दै उनले भने, ‘अबान्छित तत्वहरुले बद्नाम गराउने प्रयत्न गरेका छन्, त्यसप्रति सचेत पनि छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४