Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद् बैठक : पाँच विषयगत समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ७ २०७४
  • 5.8K
    SHARES

काठमाडौँ-सरकारको कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, सामाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।
बैठकले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाउन कार्यविधि पारित गरेको छ। आर्थिक मितव्ययिता अपनाउने नीतिअनुरुप प्रधानमन्त्रीको सचिवालयमा संख्या कटौती गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले बताए। उनका अनुसार यसअघि सचिवालयमा ४७ सदस्य रहँदै आएकामा अब २८ सदस्य बनाउने तयारी गरिएको छ।
राज्यमन्त्री बाँस्कोटाले कतिपय सहसचिवस्तरका कर्मचारीलाई उपसचिव र त्यो भन्दा तल्लो तहमा सचिवालय सदस्य राखिने बताए। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४