Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गाडीदेखि चुलोसम्म बिजुली पुर्‍याउने उर्जामन्त्रीकाे लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ६ २०७४
  • 3.3K
    SHARES

उर्जामन्त्री वर्षमान पुनले सबैप्रकारका उर्जामा आत्मनिर्भर हुने पहिलो प्राथमिकता रहेको बताएका छन्। आज मन्त्रालयमा आयोजित कार्यक्रममा पहिलो कुरा मागअनुसारको विजुली उत्पादन गरिने र त्यसपछि प्रयोगको विविधिकरणमा सरकारको प्राथमिकता रहने बताए।

आर्थिक विकासका लागि उर्जाको उपलब्धता अनिवार्य शर्त भएको तर एक सताब्दीसम्म जम्मा एकहजार मेगावाटमात्र उत्पादन भएको सन्दर्भमा अवकको केही वर्षभित्र हजारौं मेगावाट विजुली उत्पादन अवास्यक रहेको उक्त काम चुनौति मुक्त नरहेको उनको भनाइ थियो।

अबको १० वर्षमा कम्तिमा पनि १० हजार मेगावटा विजुली आवस्यक पर्ने र त्यसको लागि सरकारले आफै र वाह्य स्रोतबाट उत्पादन गर्ने उनले जानकारी दिए।
‘हामीले छोटो समयमा धेरै विजुली उत्पादन गर्नुपर्ने छ, हिजोकै गतिमा त्यो सम्भव छैन’ उनले भने,‘त्यसैले हामी निजी क्षेत्रलाई उदारतापूर्वक स्वागत गर्छौ र विदेशी लगानी पनि सहर्श स्वीकारमात्र होइन उत्प्रेरित पनि गर्छौ।’

तर निजी क्षेत्रलाई स्वागत गर्दै गर्दा विगतकै जस्तो ढिलासुस्ती, आयोजना होल्ड गर्नेहरुलाई भने नछोडिने उनको भनाइ छ।

बिजुली उत्पादन भइसकेपछि त्यसालाई आन्तरिक खपत गर्नको लागि प्रयोगमा विविधिकरणमा पनि सरकारले विशेष कार्ययोजना ल्याउने उनको भनाइ छ।

मन्त्री पुनका अनुसार सडकमा गुड्ने गाडीदेखि खाना पकाउने भान्सासम्म विजुलीको प्रायोगबाट हालको आयातित इन्धन विस्थापित गरिने छ।

सबै नेपालीमा उर्जाको पहुँच विस्तार भएपछि उर्जालाई उद्दमशिलतासँग जोडिने र त्यसबाट देशमा आर्थिक गतिविधि विस्तार हुने मन्त्री पुनको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४