Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१९ गते काठमाडौंमा बृहत ईन्जिनियर भेला !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १८ २०७७
  • 7.5K
    SHARES

 

काठमाडौँ /  माघ १९ गते नेपाल कम्युनिष्ट पार्टीको जनबर्गीय संगठन प्रोग्रसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल (पिन) केन्द्रीय समितिले काठमांडौमा बहृत ईन्जिनियर भेलाको आयोजना गरको छ ।

यस कार्यक्रमलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्राग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपालले नेपालका सातवटै प्रदेशमा प्रदेश समिति र देशका अधिकांश जिल्लाहरुमा जिल्ला समिति समेत बिस्तार गरिसकेको छ । यस बाहेक विश्वविद्यालय, विभिन्न सरकारी संस्थानहरु र अन्य विभिन्न क्षेत्रमा समेत संगठन विस्तार गरिसकिएको छ ।

काठमांडौको राष्ट्रिय सभा गृहमा १९ गते दिउसो ३ बजेबाट शुरु हुने कार्यक्रमको लागि व्यापक रुपमा तयारी भैरहेको यस कार्यक्रमका प्रचार प्रसार संयोजक ई. खिमानन्द कँडेलले जानकारी दिनुभएको छ ।

साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भैसकेपछि बनेको नेकपाको पहिलो जनवर्गीय संगठनको रुपमा रहेको प्रोग्रेसिभ र्ईन्जिनियरिङ एशोसियसन नेपालले आम ईन्जिनियरिङ क्षेत्रका नेता, कार्यकर्ता एवं समर्थकलाई भोली माघ १९ गते हुने कार्यक्रममा व्यापक उपस्थितिको लागि हार्दिक आमन्त्रण समेत गरेको छ ।

प्रोग्रेसिभ र्ईन्जिनियरिङ एशोसियसन नेपालले यही माघ २३ गते काठमांडौमा हुने विशाल जनप्रदर्शनमा समेत सहभागी हुन सबैमा हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४