Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मापसे गरेर सिक्री, औँठी र ब्रासलेट लुट्ने दुईजना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 5.2K
    SHARES

काठमाडौं । लुटपाटमा संलग्न २ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ्गको जय पृथ्वी नगरपालिकाका २१ वर्षीय सुनिलबहादुर सिंह र सिधुपाल्चोक साँगा चोकगढी नगरपालिकाका ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका दुवै जना काठमाडौंको दरवारमार्ग स्थित दोहोरी साँझमा काम गर्ने युवक रहेका महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

गत माघ १० गते राति १ बजेको समयमा काठमाडौंका प्रविनकुमार भण्डारीलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो । सोधपुछको क्रममा भण्डारीले मादक पदार्थ सेवन गरेर लठ्ठ परेको समयमा सिंह र श्रेष्ठले उनीमाथि लुटपाट गरेको खुलेको छ ।

अभियुक्तहरूले भण्डारीको साथमा रहेको सुनको लकेटसहित सिक्री, औँठी र ब्रासलेट लुटेर फरार भएका थिए । प्रहरीले उनीहरुबाट लुटिएको सामानसहित लुटपाटमा प्रयोग भएको एउटा मारुती कार पनि बरामद गरेको छ ।

दुवै अभियुक्तमाथि चोरी अपराध अन्तर्गत मुद्दामा अदालतबाट म्याद लिइ अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४